सरकारले ९ हजारजनालाई निःशुल्क डकर्मी तालिम दिने

काठमाडौं। सरकारले झण्डै ९ हजार जनालाई निःशुल्क डकर्मी तालिम दिने भएको छ । तालिममा काठमाडौंका लागि १ हजार जना, कास्कीका लागि ८ सयजना, भक्तपुरका लागि ५ सयजनाको कोटा छुट्याइएको छ ।

यस्तै धादिङ, बाग्लुङ, स्याङजा र तनहुँका ४र४ सयजनाको कोटा छुट्याइएको उद्योग मन्त्रालयले जनाएको छ । यस्तै गुल्मी, गोरखा, धनकुटा, भोजपुर खोटाङ, अर्घाखाँची, दोलखा, सिन्धुली र संखुवासभाका लागि तीनरतीन सय जना तथा ओखलढुंगा, तेह्रथुम, सोलुखुम्बु, पर्वत, रसुवा, रामेछाप, लम्जुङ र म्याग्दीलाई दुईरदुई सय जना, कोटा छुट्याएको छ ।

यसभन्दा अगाडि डकर्मी तालिम नलिएका व्यक्तिले जिल्लाको घरेलु तथा साना उद्योग विकास समिति र सम्बन्धित गाउँपालिका तथा नगरपालिकामा आँउदो पुस ४ गतेसम्म निवेदन दिन सक्ने उद्योग मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्