दाङ बस दुर्घटना अपडेट :मृत्यु हुनेको संख्या २३ पुग्यो, ८ जनाको पहिचान खुल्यो

काठमाडौ, पुस ७ । राप्ती राजमार्ग अन्तर्गत दाङ तुलसीपुर ३ राम्रीमा भएको बस दुर्घटनामा ज्यान जानेको संख्या २३ पुगेको छ ।
शनिबार बिहान थप १ जनाको नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । ज्यान गुमाउने ८ जनाको मात्रै सनाखत भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी प्रेम बहादुर शाहीले जानकारी दिनुभएको छ।
दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइते सबैको बाँकेको कोहलपुरमा उपचार भैरहेको छ ।
८ जनाको पहिचान खुल्यो
बस दुर्घटनामा ज्यान जानेको संख्या २२ पुगेको छ । जसमा १८ पुरुष र ४ महिला रहेका छन् । ज्यान जाने मध्ये ८ जनाको मात्रै सनाखत भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी प्रेम बहादुर शाहीले जानकारी दिनुभएको छ।
अहिलेसम्म दाङको घोराही ३ निवासि बस चालक वर्ष ३२ का मदन केसी , घोराही १७ का शिक्षक २८ वर्षका प्रदीप घिमेरे , दंगिशरण १ निवासि वर्ष ३० का सन्जीप रत्गैया, पुर्वि रुकुम भुमे गाउँपालिका – ६ निवासि २८ वर्षीय शिक्षक नरेश वली, घोराही १४ का १४ वर्षीय विजय जिएम, भेरी नगरपालिका जाजरकोटका आतिश नेपाली, चन्दननाथ नगरपालिका जुम्लाका हिक्मत बोहरा र कृष्णपुर ५ कन्चनपुरका खेमराज भट्टको मात्रै सनाखत भएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् ।
घाइते हुनेमा पाँच महिला र १० पुरुष रहेका छन् । घाइते सबैको बाकेको कोहलपुरमा उपचार भैरहेको छ ।
प्रतिक्रिया दिनुहोस्