काठमाडौंमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

काठमाडौं । काठमाडौंको बौद्धमा मोटरसाइकलको ठक्करबाट एकजनाको ज्यान गएको छ ।
गोकर्णेश्वर नगरपालिकाको शिवचोकमा बा ८८ प १९८७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री स्थानीय बासिन्दा ६० वर्षकी आङ लामु शेर्पाको ज्यान गएको प्रहरीले जनाएको छ । शेर्पाको उपचारको क्रममा केएमसी अस्पतालमा ज्यान गएको हो ।

प्रतिक्रिया दिनुहोस्