आजदेखि बैंकहरुमा नयाँ ब्याजदर : लागू गराउन सबै बैंकलाई निर्देशन

काठमाडौं, पुस ६ । नेपाल राष्ट्र बैंकले शुक्रबारदेखि नयाँ ब्याजदर लागू गराउन सबै बैंकलाई निर्देशन दिएको छ ।
शुक्रबारदेखि बचतमा बढीमा ६ दशमलव ५ प्रतिशतसम्म, व्यक्तिगत मुद्दतीमा ९ दशमलव २५ र संस्थागत मुद्दतीमा ८ प्रतिशत मात्र व्याजदर कायम गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो । यस्तै अब न्यूनतम ब्याज अन्तर दुई प्रतिशत बिन्दु राख्नुपर्ने भएको छ ।
ब्याज दिन र लिन तँछाडमछाड गर्न थालेपछि सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतलाई बिहीबार बोलाएर राष्ट्र बैंकले ब्याजको मामलामा आफुखुसी सस्तो प्रतिस्पर्धा नगर्न निर्देशन दिएको थियो ।
राष्ट्र बैंकसँगको छलफल लगत्तै बसेको नेपाल बैंकर्स संघको बैठकले ब्याजदर घटाउने सहमति गरेको हो । बैठकले बचतमा अधिकतम साढे ६ प्रतिशत मात्र ब्याज दिने र न्यूनतम ब्याज अन्तर २ प्रतिशत बिन्दु राख्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्