काठमाडौं, ४ पुस । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. का नव नियुक्त अध्यक्ष राम कुमार श्रेष्ठले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेल समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
संस्थाको २०७५ पौष १ गते बसेको संचालक समितिको २९८ औं बैठकले संचालक श्रेष्ठलाई अध्यक्ष चयन गरेको थियो ।
त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंक लि.बाट प्रतिनिधित्व हुने गरी बिजेन्द्र सुवालको सट्टामा भाष्कर एन.जोशीलाई मनोनयन गरेको छ । साथै, संचालक समितिले व्यवसायिक विशेषज्ञको तर्फबाट प्रतिनिधित्वका लागि साधना उपाध्यायलाई संचालक समितिमा मनोनयन गरेको छ ।
वित्तीय सस्थाका हालका संस्थापक शेयरधनीहरु स्वावलम्बन विकास केन्द्र, नेपाल इन्भेष्टमेन्ट बैंक लि., हिमालयन बैंक लि., नविल बैंक लि. रहेका छन । संस्थाले २०७५ कार्तिक महिनासम्म ५७ जिल्लाका १२८ शाखा÷उपशाखा कार्यालयबाट करिव २ लाख २७ हजार ग्राहक सदस्यलाई लघुवित्त सेवा पुर्याउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्