नेपाल टेलिकमले प्रतिशेयर रु. ५५ का दरले नगद लाभांश दिने

काठमाडौँ, ३ पुस । नेपाल टेलिकमले आफ्ना शेयरधनीलाई प्रतिशेयर रु. ५५ का दरले नगद लाभांश दिने भएको छ ।
नेपाल दूरसञ्चार कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले सो निर्णय गरेको हो ।
आर्थिक वर्ष २०७४/७५ को नाफाबाट नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीको ऐनको दफा १८२ को उपदफा २ बमोजिम लाभांश वितरणका लागि सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको छ । सरकारबाट स्वीकृति प्राप्त भई आएपश्चात् कम्पनीको आगामी एघाराँै वार्षिक साधारणसभाबाट स्वीकृति भएबमोजिम वितरण गरिने टेलिकमले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्