सिभिल बैंक लिमिटेड र ज्योती लाईफ इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं, ३ पुस । सिभिल बैंक लिमिटेडले जीवन बीमा सेवालाई विस्तार गर्ने उद्देश्यले ज्योती लाईफ इन्स्योरेन्ससंग सम्झौता गरेको छ ।
उक्त सम्झौतापत्रमा सभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र ज्योतीलाईफ इन्स्योरेन्सका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत प्रकाश खत्रीले हस्ताक्षर गरेका छन् ।
अब ज्योती लाईफ इन्स्योरेन्सका जीवन बीमा सेवालाई विना झन्झट सिभिल बैंकका देशभर छरिएका ७१ शाखाहरु मार्पmत उपलब्ध गरी ग्राहक बर्गलाई प्रत्यक्ष रुपमा लाभान्वित हुने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताउनु भयो ।
चालु आर्थिक वर्षको प्रथम चौमासमा (एन.एफ.आर.यस. अनुसार) रु. १८ करोड ५८ लाख (जुनपहिलो वर्षको यसै अवधिको तुलनामा ६३.९९% को बृद्धी हो) कमाउन सफल यस बैंकको कुल शाखा संख्या ७१ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्