राष्ट्रियसभा विद्यायन समिति बैठक: ४ उपसमिति गठन

काठमाडौँ, ३ पुस । राष्ट्रियसभाअन्तर्गत विधायन व्यवस्थापन समितिले नेपालको विद्यमान ऐनहरुको अध्ययन गरेर सुझाव प्रस्तुत गर्नका लागि चारवटा विषयगत उपसमिति गठन गरेको छ ।
विद्यायन व्यवस्थापन समितिको सोमबार बसेको बैठकले विषयगत चार उपसमिति गठन गर्ने निर्णय गरेको हो । समितिलाई तीन महीनाभित्र प्रतिवेदन तयार गर्न समय दिएको समितिका सभापति पशुराम मेघी गुरुङले जानकारी दिए ।
सांसद ठगेन्द्रप्रकाश पुरीको संयोजकत्वमा भूमि प्रशासनसम्बन्धी उपसमिति, सांसद बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा शिक्षासम्बन्धी उपसमिति, वृशेषचन्द्र लालको संयोजकत्वमा यातायातसम्बन्धी उपसमिति र सांसद शेरबहादुर कुँवरको संयोजकत्वमा उपभोक्ता हित संरक्षण उपसमिति रहेको छ ।
ती चार उपसमितिले तीन महीनाभित्र अध्ययन प्रतिवेदन तयार गर्नुपर्नेछ । सो प्रतिवेदन संसद्मा समेत प्रस्तुत गरिने सभापति गुरुङले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्