घट्यो अमेरिकी डलरको भाउ, हेर्नुहोस् आज कुन देशको कति पुग्यो ?

काठमाडौं, पुस ३ । नेपाली बजारमा आज (मंगलबार) अमेरिकी डलरको भाउ घटेको छ। तीन दिनदेखि १ को १ सय १५ रूपैयाँ ३४ पैसामा कारोबार भइरहेको अमेरिकी डलरको भाउ आज घटेको हो ।
हिजो सोमबारको तुलनामा आज यसको भाउ ५६ पैसाले घटेर १ बराबर १ सय १४ रूपैयाँ ७८ पैसा भएको हो । तीन दिनदेखि डलर भाउ स्थिर भएको थियो ।
मुलुकको केन्द्रीय बैंकले मंगलबारका लागि तोकेको विनिमय दरअनुसार १ डलरबराबर १ सय १४ रूपैयाँ ७८ पैसा बिक्री दर र १ सय १४ रुपैयाँ १८ पैसा खरिद दर रहेको छ ।
गत शुक्रबाबार १ बराबर १ सय १५ रुपैयाँ रहेको थियो । त्यसअघि बिहीबार १ सय १५ रुपैयाँ ५२ पैसा, बुधबार १ सय १५ रुपैयाँ २७ पैसा, मंगलबार १ सय १४ रुपैयाँ ४५ पैसा तथा सोमबार, आइतबार, शनिबार र शुक्रबार १ सय १३ रुपैयाँ ५९ पैसा थियो ।
प्रतिक्रिया दिनुहोस्