नेपाल एसबिआई बैंकको बोनस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नेपाल एसबिआई बैंकको १५.४२ प्रतिशत बोनस शेयर सुरक्षित गर्ने विहीबार अन्तिम दिन रहेको छ । चौबिसौँ वार्षिक साधारण सभाका लागि बैंकले मंसिर २९ गतेदेखि पुस १९ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएकाले विहीबारसम्म कायम सेयरधनी मात्र बोनस पाउनेछन् ।

बैंकले पुस १९ गते बिहान ११ बजे त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा साधारण सभा डाकेको छ ।

साधारणा सभामा गरिएको विशेष प्रस्तावहरूमा १५.४२ प्रतिशत बोनस शेयर वितरण गर्ने तथा बोनस सेयर र कर प्रयोजनको लागि ०.८१५ नगद लाभांश वितरण गर्ने र सञ्चालक समितिको निर्वाचन गर्ने कार्यक्रम रहेको छ ।

हाल बैंकको चुक्ता पूँजी ६ अर्ब ९७ करोड रुपैयाँ छ । बोनस पश्चात बैंकको चुक्ता पूँजी आठ अर्ब ५ करोड रुपैयाँ नाघ्नेछ ।

प्रतिक्रिया दिनुहोस्