सिभिल बैंक लिमिटेड र अजोड इन्स्योरेन्सबीच सम्झौता

सिभिल बैंक लिमिटेडले जीवन वीमा सेवालाई विस्तार गर्ने उद्देश्यले अजोड इन्स्योरेन्ससंग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता पत्रमा हस्ताक्षर गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले अब अजोड इन्स्योरेन्सका बीमा सेवालाई विना झन्झट सिभिल बैंकका देशभर छरिएका ७१ शाखाहरु मार्पmत उपलब्ध गरी ग्राहक बर्गलाई प्रत्यक्ष रुपमा लाभान्वित हुने कुरा बताउनु भयो ।

सिभिल बैंकले यस अघि पनि जीवन बीमा कम्पनिहरु मेटलाइफ, एल.आई.सी. नेपाल, रिलायबल नेपाल लाईफ इन्स्योरेन्स, यूनियन लाईफ इन्स्योरेन्स र सूर्या लाईफ इन्स्योरेन्स तथा थुप्रै निर्जीवन बीमा कम्पनिहरुसंग सम्झौता गरी जीवन बीमा तथा निर्जीवन बीमा सेवा उपलब्ध गराउँदै आइरहेक

प्रतिक्रिया दिनुहोस्