सांग्रीला डेभलपमेन्ट बैंकको ८० प्रतिशत हकप्रद पुस १७ गतेदेखि

काठमाडौं । सांग्रीला डेभलपमेन्ट बैंकले पुस १७ गतेदेखि ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले १० बराबर ८ अनुपातमा एक करोड आठ लाख ६७ हजार ७९८ कित्ता हकप्रद बिक्री गर्न लागेको हो ।

बैंकले हकप्रद जारी गर्न मंसिर २७ गतेदेखि बुक क्लोज गरेको थियो । यसअनुसार मंसिर २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका बैंकका सेयरधनीले हकप्रदमा आवेदन गर्न पाउनेछन् ।

हकप्रदमा आस्बा सदस्यमा सहभागि सबै बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन गर्न सकिनेछ ।
बैंकको हकप्रद निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।

त्यस्तै विक्री प्रबन्धकको कार्यालय कमलादी, सांग्रीला डेभलपमेन्ट बैंकको कार्यायल बालुवाटार तथा अन्य सम्पुर्ण शाखा कार्यालयबाट आवेदन गर्न सकिनेछ । प्रभु बैंकको शाखाहरु बनेपा, विराटनगर, वीरगञ्ज,जनकपुर, र दमक शाखाबाट पनि आवेदन गर्न सकिने क्यापिटलले जनाएको छ ।

हकप्रदमा आवेदन गर्ने अन्तिम दिन माघ २१ गते रहेको छ । बैंकको जेठ १९ गते सम्पन्न १२ औं बार्षिक साधारण सभाले ८० प्रतिशत हकप्रद प्रस्ताव पारित गरेको थियो ।

एक अर्ब ३५ करोड पूँजी रहेको बैंकको ८० प्रतिशत हकप्रद निश्कासनपछि चुक्ता पूँजी दुई अर्ब ४४ करोड ५२ लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्