काठमाडौं, २ पुस । शेयर बजार सुधारका लागि १४ बुँदेमाग गर्दै रिले अनसन बस्दै आएका शेयर लगानी कर्ताहरु आजदेखि आमरण अनसनमा रहेका छन् । दवाव समुहले अर्थमन्त्री, गभर्नर, बोर्ड अध्यक्ष, नेप्से अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत तथा बीमा समितिका अध्यक्षको राजिनामामा माग गरेका छन् ।
लगानी कर्ताहरुले अर्थमन्त्री लगायतका पूँजी सम्बद्ध निकायका प्रमुखहरुको बर्खास्त तीको कडा मागसहित शेयर लगानीकर्ता दवाव समुहले सोमबारबाट आमरण अनसन सुरु गरेको हुन् ।
दबाब समुहले उठाएका मागहरु सरकारले सम्बोधन नगरेपछि सोमबारबाट दवाव समुहका संयोजक हरि ढकाल र सदस्य तिलक कोइराला आमरण अनशनमा बसेका छन् । दबाब समूहको मागहरु सम्बोधन गर्नुको सट्टा अर्थ मन्त्रालयले षडयन्त्र गरेकाले पूँजी बजार सुधार र बिस्तारका लागि कडा रुपमा प्रस्तुत हुँदै आमरण अनशन र बजार बन्दको कार्यक्रम ल्याएको हो ।
गत शुक्रबार सरकार र दबाब समूहको वार्ता टोलीबिच भएता पनि वार्ताले सार्थकता नपाएकाले लगानी कर्ताहरु आमरण अनसन सबन्न वाध्य भएका हुन् । शेयर बजार लगानी कर्तालाई सेयर बजार सुधार अध्ययन समितिको बैठकमा सामेल नगराएपछि दबाब समुहले सोमबारबाट आमरण अनसन सुरु गरेर सरकारलाई दवावमा पारेको छ ।
दबाब समूहले सात दिनदेखि नेप्सेको कार्यालयमा राखेको रिले अनशनलाई सरकारले वेवास्ता गर्नुका साथै उच्चस्तरीय अध्ययन समितिको नाममा समूहका सदस्यहरुलाई झुक्याउने काम भएको भन्दै सोमबारबाट आमरण अनसन सुरु अनसन कर्ता तिलक कोईरालेले बताए ।
दबाब समूहले धितोपत्र बोर्ड, नेप्से, स्टक ब्रोकर एशोसियशन, सीडीएससी शेयर दलालहरु लगायत सम्बद्ध निकायमा पत्र पठाएर सोमबारदेखि लगानीकर्ताले स्वतःस्फुर्त रुपमा शेयर कारोबार बन्द गर्ने कार्यक्रममा सहयोग गर्न आग्रह समेत गरेको छ ।
बजार सुधारका नाममा विभिन्न समिति बनाउने र लगानीकर्तालाई गुमराहमा राख्ने काम भएको अनसनमा सहभागिहरुले बताएका छन् । विगतमा पनि बजार सुधार गर्ने नाममा विभिन्न समिति बनाएर छलफल गरिएको तर छलफल औचित्यहिन भएको उनीहरुको बुझाई छ रिले असनसन बसेको धैरै दिन हुँदा पनि छलफल मात्र गर्ने र आस्वासन मात्र दिने गरेको उनीहरुले सरकारलाई आरोप लगाएका छन् । प्रतिवेदन बनाउने र समिति बनाउने काममा मात्र सरकार अल्झिएको आन्दोलनमो सहभागीले बताए, उनले भने,“ प्रतिवृदन बनाउन एक हप्ता लाग्ला र त्यसको कार्यान्वयन कहिले हो कहिले, सरकारप्रति हाम्रो विश्वास गर्ने वातावरण बनेको छैन । ”
अर्थमन्त्री डा। युवराज खतिवडाले राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा मुद्रा र पूँजी बजारको समस्या पहिचान गरी सुधारका लागि सुझाब दिन समिति बनाएका छन् । उनले अघिल्लो बिहीबार समिति बनाए पनि काम भने गत सोमबारबाट सुरु भएको थियो ।
कार्यदलमा आन्दोलनकारीहरुलाई पनि बोलाइएको थियो । उनीहरुले पनि आफ्नो मागहरु प्रस्तुत गरेका थिए । शनिवार प्रतिबेदनलाई एकिकृत गर्न बसेको बैठकले उनीहरुलाई नबोलाईएपछि आन्दोलनकारी थप शसक्त बनेको हो ।
सुरुवातबाट अर्थमन्त्रीको राजिनामा माग गरे पनि कार्यदलमा राखेपछि राजिनामा माग्न छाडेका थिए । राजिनामा नमागे पनि आन्दोलन जारी राख्ने उनीहरुले बताएका थिए । सोमबार फेरि उनीहरुले राजिनामाको मुद्दा उठाएका हुन्।
शेयर बजारलाई अनुत्पादक भन्ने अर्थमन्त्रीले बजार सुधारको लागि केहि पनि गर्न नसक्ने दवाव समुहको आरोप छ । धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, नेपाल राष्ट्र बैंकमा पटक पटक बजार सुधारका लागि मागपत्र पेश गर्दा पनि बेवास्ता गर्ने पदाधीकारीहरुले काम गर्न नसकेको हुँदा पदमा बस्न उपयुक्त नभएको उनीहरुको आरोप छ ।
पछिल्लो समय लगानीकर्ताको दवाव समुह १४ बुँदे माग राख्दै आन्दोलनमा थिए । उनीहरुले अघिल्लो आइतबारदेखि रिले अनसन गरिरहेका थिए।
प्रतिक्रिया दिनुहोस्