आन्तरिक उडानमा वायुसेवाको अनलाइन टिकेटिङ सुरु, यात्रुहरुले घरबाटै टिकट लिन पाउने

काठमाडौँ, पुस २ । नेपाल वायुसेवा निगमले आन्तरिक उडानका लागि अनलाइन टिकेटिङ्ग प्रणाली प्रारम्भ गरेको छ।
यस अघि २०७४ साउनमा अन्तर्राष्ट्रिय उडानको लागि अनलाइन टिकेटिङ्ग थालिएको थियो। निगममा आयोजित एक समोराहमा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले अनलाइन टिकेटिङको सुभारम्भ गरे।
यो प्रणालीले आन्तरिक उडानमा जाने यात्रुहरुले घरैमा बसी टिकट खरिद गरी उडानको सेवा लिन सक्नेछन्।
कार्यकारी अध्यक्ष खरेलले आफ्ना ग्राहकलाई थप सुविधा दिने सन्दर्भमा आन्तरिक उडानका लागि अनलाइन टिकेटिङ्ग प्रणाली थालिएको बताए।
साधारण सेवा तथा सम्पत्ति व्यवस्थापन विभागका निर्देशक अमृतमान श्रेष्ठले नयाँ प्रविधि प्रयोग गर्नमा निगमले सक्रियता अपनाउँदै आएको सन्दर्भमा यो थप सेवा रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्