लाभांश घोषणा गरेका कम्पनीहरुको संख्या २०

नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत कम्पनीहरुले प्राय सबैजसो कम्पनीहरुले गत बर्षको वित्तिय विवरण सार्वजनिक गरेपनि लाभांश घोषणा गरेका कम्पनीहरुको संख्या २० पुगेको छ । अन्य कम्पनीहरु पनि गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गर्ने अन्तिम तयारीमा रहेका छन् ।
आ.व. ७३ र ७४ को नाफाबाट लाभांश घोषणा गरेका कम्पनीहरुमा सामुहिक लगानी कोष अगाडी देखिएका छन् । लघुवित्त, बैंक, हाइड्रोपावर, बीमा कम्पनी र उत्पादनमुलक कम्पनी युनिलिभर नेपालले पनि आर्कषक पनि लाभांश घोषणा गरेका छन् ।

कुन कम्पनीले कति लाभांश कति ?

घोषणा भएको लाभांशमध्ये सबैभन्दा बढी युनिलिभरले १२७० प्रतिशत लाभांश घोषणा गरेको छ । सामूहिक लागनी कोष सिद्धार्थ इन्भेष्टमेन्ट ग्राथ स्कीमले ६० प्रतिशत नगद लाभांश घोषणा गर्दा बैंकहरुमा सबैभन्दा बढी नबिल बैंकले ३० प्रतिशत बोनस तथा १८ प्रतिशत नगद गरि ४८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । अरुण भ्याली हाईड्रो पावर, ङादी ग्रुप पावर र नेको इन्स्योरेन्सले १० प्रतिशत लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गरेका अन्य कम्पनीहरुले धमाधम साधारणसभाको मिति घोषणा गर्दै छन् ।

प्रतिक्रिया दिनुहोस्