काठमाडौं, २९ मंसिर । काठमाडौं, ३० ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको कामना सेवा विकास बैंक लिमिटेडले केन्द्रीय कार्यालय लगायत आफ्ना ६१वटै शाखा कार्यालयहरुबाट वित्तिय साक्षरता तथा घरदैलो कार्यक्रम आयोजना गरेको छ ।
शनिबार कामना सेवा बिकास बैंकले आर्थिक समृद्धिको लागि सबैमा वित्तिय साक्षरता आवश्यक रहेको कुरा औल्याउँदै केन्द्रीय कार्यालय ज्ञानेश्वर, मैतिदेवी, नक्शाल र अन्य सबै शाखा कार्यालयहरु रहेका स्थानहरुमा घरदैलो कार्यक्रम गरि वित्तिय साक्षरता कार्यक्रम गरेको हो ।
प्रगतिको आधार कामना सेवासंग कारोबार भन्ने मुल नाराकासाथ सुरु भएको वित्तिय साक्षरता कार्यक्रममा बोल्दै बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेतले सबैमा वित्तिय साक्षरता कार्यक्रम आवश्यकता रहको औल्याउँदै स्थानीयहरुसंग सहकार्य गरेरे काम गर्न कामना सेवा विकास बैक तयार रहेको बताउनु भयो । बैंकले धार्मिक, शैक्षिक संस्था, सडकवत्ति, सरसफाई आदि सामाजिक उत्तरदायित्व कार्यक्रम गर्दै आएको जानकारी दिंदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई अझ सशक्त रुपमा अगाडि बढाउने वस्नेतले बताउनुभयो ।
प्रमुख कार्यकारी वस्नेतले आफ्ना ग्राहकहरुलाई सेवा दिने उदेश्यका साथ हाल आफ्ना बैंकको शाखाहरु कम रहेको प्रदेश १ नं. र २ मा तिब्रताका साथ शाखा बिस्तर गर्ने क्रममा रहेको जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि तथा कामनपा वडा नं. ३० का अध्यक्ष दल बहादुर कार्कीले यस आवासीय क्षेत्रमा कामना सेवा विकास बैंक नै एक मात्र केन्द्रीय कार्यालय रहेको वित्तिय संस्था भएकाले हामी यस बैंकसंग सहकार्य गरेर अगाडी बढ्न तयार रहेको बताए । बैंकलाई यस क्षेत्रमा रहेका समस्याहरुलाई समाधानको निम्ति सहयोग गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा बैंकका आफ्ना उत्कृष्ठ कर्मचारीले प्राप्त गरेको पुरस्कार रकमलाई सामाजिक कार्यमा लगाउने निर्णयानुसार ज्ञान विकास निमाविका बिपन्न विद्यार्थीहरुलाई वितरणका निमित्त ४७ थान न्यानो कपडा विद्यालयका प्रधानाध्यापक रमा उपाध्यायलाई हस्तारन्तरण समेत गरेको छ ।
हाल यस बैंकको ६१ वटा शाखा कार्यालय तथा १७ वटा एटिएम मेसिनबाट आफ्नो बैंकिङ्ग सेवा दिंदै आएको छ । साथै आगामी दिनमा थप २५ वटा शाखा समेत सञ्चालनको तयारीमा रहेको बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्