नुवाकोटमा मिनी ट्रक दुर्घटना : मृत्यु हुनेको संख्या १८ जना भएको पुष्टी

काठमाडौं, मंसिर २९ । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको घ्याङफेदीमा मिनी ट्रक दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।
शिखरबेंसीबाट दुप्चेश्वर गाँउपालिकाको सिसिपु जाँदै गरेको बा. ३ ३९१३ नम्बरको मिटी ट्रक दुर्घटना भएको हो ।
घटनास्थलबाट स्थानीय र प्रहरीले १८ वटा शव निकालेको र १७ जनालाई घाइते अवस्थामा उद्धार गरी अस्पताल पठाएको नुवाकोटका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।
मृतकमध्ये १५ जना पुरुष र ३ जना महिला छन् ।
शिखरबेंसीमा तामाङ समुदायको घेवामा सहभागी भएर फर्किंदै गरेकाहरु चढेको मिनी ट्रक कच्ची सडकबाट ३ सय मिटर तल खोलामा खसेको जनाइएको छ ।
घटनास्थल सदरमुकाम विदुरबाट ३ घण्टाको पैदल दूरीमा पर्दछ ।
प्रतिक्रिया दिनुहोस्