सानिमा बैंकद्वारा रक्तदान कार्यक्रमको आयोजना

काठमाडौं, २८ मंसिर । सानिमा बैंक लिमिटेडले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
सानिमा बैंकको १४औं वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्र–नक्साल, नारायणचौरको सहकार्यमा बैंकद्वारा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
बैंकको मुख्य कार्यालय अगाडी रहेको नन्दीकेश्वर बगैंचा, नक्सालमा आयोजित कार्यक्रममा स्थानीयबासी, प्रहरी तथा बैंकका कर्मचारीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।
शुक्रबार दिउँसो १ बजे देखि ४ बजे सम्म आयोजित कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले सम्पूर्ण रक्तदाताहरुलाई धन्यवाद व्यक्त गरे । सानिमा बैंकको हाल ७४ वटा शाखा, १ एक्सटेन्सन काउन्टर तथा ६९ वटा ए.टि.एम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्