१६ प्रतिशत बोनसका लागि बुकक्लोज गर्दै सानिमा बैंक

काठमाडौं । सानिमा बैंकले १६ प्रतिशत बोनसका लागि बुक क्लोज गर्ने मिति तय गरेको छ । बैंक सञ्चालक समितिको भदौ २७ गते बसेको बैठकले १३ औं बार्षिक साधारण सभाका लागि असोज ६ गतेदेखि बुक क्लोज गर्ने मिति निर्धारण गरेको हो ।

सानिमाले साधारणसभाको मिति भने आज सम्म निर्धारण भने गरिसकेको छैन । साधारण सभामा बैंकले गत बर्षको कमाईबाट लगानीकर्तालाई १६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । यस आधारमा असोज ५ गते घटस्थापनाको बिदा परेकाले असोज ४ गतेसम्म कायम रहेका लगानीकर्ताहरुले बोनस पाउनेछन् ।

गत आ.व.मा सानिमा बैंकले एक अर्ब ३० करोड एक लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १८ रुपैयाँ ८५ पैसा कायम गरेको थियो ।

हाल बैंकको चुक्ता पुँजी ६ अर्ब ८९ करोड ७६ लाख रुपैयाँ छ । १६ प्रतिशत बोनसपछि बैंकको चुक्ता पुँजी ८ अर्ब १२ लाख ५५ हजार रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्