सरकारी वकिलहरुको राष्ट्रिय सम्मेलन पुस पहिलो साता हुने, सम्मेलनमा तय गरएका उद्देश्य यस्ता छन्

काठमाडौं, २८ मंसिर । सरकारी वकिलहरुको दोसो राष्ट्रिय सम्मेलन आगामी पुस ८, ९ र १० गते काठमाडौंमा हुने भएको छ ।  महान्यायाधिवक्ताको कार्यालयले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपालका सरकारी वकिलहरुको दोस्रो राष्ट्रिय सम्मेलनको कार्यक्रमबारे औपचारिक जानकारी गराएको हो ।
पुस ८ गते राष्ट्रपति विद्या भण्डारीले काठमाडौंको राष्ट्रिय सभागृहमा सो सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको महान्याधिवक्ता अग्नीप्रसाद खरेलले जानकारी दिए । ३ दिनसम्म चल्ने सम्मेलनको समापन उपराष्ट्रपति नन्दबहादुुर पुनले पुस १० गते गर्नुहुनेछ ।
सम्मेलनमा नयाँ मुलुकी ऐनको प्रभावकारी कार्यान्वयनका लागि साझा अवधारणा तय गर्ने उद्देश्य राखिएको  छ । तीनै उद्देश्यमा केन्द्रित भएर सम्मेलनमा छलफल हुने पनि महान्यायाधिवक्ता खरेलले बताए ।
सम्मेलनमा महान्यायाधिवक्ता, २३ जना सहमहान्यायाधिवक्तासहित ३ सय ७९ जना सरकारी वकिलहरु सहभागी हुनेछन । ‘वैज्ञानिक र बस्तुनिष्ठ अभियोजनः अपराध संहिताको प्रभावकारी कार्यान्वयन’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको सो सम्मेलनमा ८० जनाभन्दा बढि प्रतिनिधिहरु पर्यवेक्षकको रुपमा सहभागी हुने पनि महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्