जागरण न्युज
काठमाडौं, २८ मंसिर । बैंक अफ काठमान्डूले २५ प्रतिशत लाभांश दिने भएको छ । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको मुनाफाबाट १४ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुने बैंकले जनाएको छ ।
हाल यसको चुक्ता पुँजी ७ अर्ब ७ करोड २८ लाख ९६ हजार रुपैयाँ रहेको छ । प्रस्तावित बोनस वितरण पछि बैंकको चुक्ता ८ अर्ब ६ करोड ३१ लाख १ हजार रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्