जागरण न्युज
काठमाडौं, २८ मंसिर । चौतारी लघुवित्तको आइपीओ शुक्रबार (मंसिर २८ गते )बाँडफाँट हुने भएको छ । यो आइपीओ आज १२ः०० बजे बिक्री प्रबन्धक एनआइबीएलएसकै कार्यालयमा आइपीओ बाँडफाँट हुने भएको हो ।
चौतारीको आइपीओमा २ लाख ७३ हजार ५०० जनाले १ करोड ७१ लाख कित्ताका लागि आवेदन दिएका छन् । ५६ हजार ७० जनाले आइपीओ पाउँदा २ लाख १७ हजार ४३० जनाको हात भने खाली हुनेछ । लघुवित्तले मंसिर १९ गतेदेखि ५ लाख ६० हजार ७०० कित्ता आइपीओ बिक्री खुला गरेको हो ।
कुल ६ लाख कित्तामध्ये ९ हजार ३०० कित्ता (०.५ प्रतिशत) सेयर कर्मचारी र ३० हजार कित्ता (५ प्रतिशत) सेयर म्युचुअल फन्डलाई छुट्याएर बाँकी सेयर सर्वसाधारणलाई बिक्री गरेको हो । रेटिङ एजेन्सी इक्रा नेपालले चौतारीको आइपीओलाई ‘ग्रेड ४’ रेटिङ दिएको छ ।
चौतारीको जारी पुँजी १८ करोड ६० लाख रुपैयाँ रहेको छ । यसमध्ये १२ करोड ६० लाख रुपैयाँ संस्थापक सेयरधनीबाट चुक्ता भइसकेको छ
प्रतिक्रिया दिनुहोस्