आजका पत्रपत्रिकाले समाचारहरुलाई यसरी प्रकाशित गरे
काठमाडौं, २८ मंसिर । जाजरकोटमा अझै ७४ प्रतिशत बालविवाह गर्ने तथ्यांकलाई आजको अन्नपूर्ण दैनिकले प्रमुख समाचार बनाएको छ ।
बालबालिकाको स्थिति प्रतिवेदन अनुसार जाजरकोटमा ७४ प्रतिशतले उमेर नपुग्दै लगनगाँठो कस्ने गरेका छन् । जम्मा ६७ हजार ३ सय ३२ जना विवाहितमध्ये १९ वर्ष नपुग्दै विवाह गर्नेको संख्या ४९ हजार ८ सय ६२ छ । एक सय ६५ जनाले १० वर्षकै उमेरमा विवाह गरेका थिए ।
१० देखि १४ वर्षसम्मका पाँच हजार ६ सय ६८ जना छन । त्यस्तै १५ देखि १९ वर्षको उमेरमा ४४ हजार २९ जना बालबालिकाको विवाह भएको प्रतिवेदनमा उल्लेख छ । बालविवाह गर्नेमा बालकभन्दा बढी बालिका छन् । ६२.८७ प्रतिशत बालिका र ३७.१३ प्रतिशत बालकले उमेर नपुगी घरजम बसाएका छन् ।
त्यस्तै नेपाली काँग्रेसको प्रतिवेदनमा, सभापति देउवा र वरिष्ठ नेता पौडेलबिचको दोषारोपण आजको अन्नपूर्ण दैनिकले समाचार प्रकाशन गरेको छ ।
त्यस्तै ऋण जति नेपाललाई पैसा जति भारतलाई भनि मुख्य समाचार बनाई आजको नागरिक दैनिकले समाचार प्रकाशन गरेको छ । आजको सबै जसो पत्रपत्रिकाले प्रधानन्याधिशमा चोलेन्द्र शमशेर जबरा भनि समाचार प्रकाशन गरेको छ ।
त्यसतै एक साता भरिको मन्त्रीपरिषद्का निर्णयहरुमा साना किसानको ऋण मिनाहा, कपडा उद्योगीको माग सम्बोधन, नेपालमा सय दरका भारतीय नोटमात्र चल्ने, दाङ्गमा जन्ती बस दुर्टघटाना हुँदा गाँउ शोकमा, समाचारलाई पनि आजको पत्रपत्रिकाले प्रमुखताकासाथ समाचार प्रकाशन गरेका छन् ।
आर्थिक समृद्धिको लागि वित्तिय संघियता भनि आजको कारोबार दैनिकले विशेषांक प्रकाशित गरेको छ । ११ महिनामै १० लाख पर्यटक नेपाल भ्रमणमा आएको समाचार पनि प्रकाशन गरेको छ ।
नेपाल चिन परामर्श संयन्त्रको बैठक, काँग्रेस महासमितिको बैठक लगायत समाचारलाई आजको कान्तिपुर दैनिकले प्रमुख समाचार बनाएको प्रकाशित गरेका छ ।
त्यस्तै आजको नयाँपत्रिका दैनिकले ८० प्रतिशत भत्ता माग गर्दै संसद्का कर्मचारी आन्दोलनमा भनि समाचार प्रकाशित गरेको छ ।
आजका पत्रपत्रिकाले १७ प्रतिशतले पर्यटन वृद्धिको समाचारलाई पनि प्राथमिकताकासाथ प्रकाशित गरेको छ ।
प्रतिक्रिया दिनुहोस्