काठमाडौं, २७ मंसिर । नेपाल पूर्व प्रहरी संगठन र माछापुच्छ्रे बैंक बीच पेन्सनपट्टा धितो राखी सरल कर्जा उपलब्ध गराउने संझौतामा भएको छ । पूर्व प्रहरी संगठन र माछापुच्छ्रे
बैंक लिमिटेडबिच सरल कर्जा उपलब्ध गराउने सम्बन्धि पत्रमा हस्ताक्षर गरि यस्तो सम्झौता भएको हो ।
नेपाल पूर्व प्रहरी संगठनको साधारण सभाको अवसरमा नेपाल पूर्व प्रहरी संगठनका केन्द्रिय अध्यक्ष बसन्त राज कुँवर तथा माछापुच्छ्रे बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईरालाले हस्ताक्षर गरी संझौता पत्र आदान प्रदान गरेका छन् ।
कार्यक्रममा संगठन र बैंक बिच पूर्व प्रहरीहरुलाई पेन्सन पट्टा धितो राखी कर्जा उपलब्ध गराउने सम्बन्धि महत्वपूर्ण संझौता भएको छ ।
संगठनका अध्यक्ष बसन्त राज कुँवर तथा माछापुच्छ्रे बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईरालाले उक्त कार्यक्रममा बोल्दै यस्ता कार्यक्रमबाट आर्थिक सम्मुन्नत लगायत आपसी सद्भाव र भाईचाराको समेत विकास हुने कुरा समेत बताउनु भयो ।
साथै कार्यक्रमका प्रमुख अतिथि माननीय प्रतिनिधि सभा सदस्य श्री नवराज सिलवालले यस्ता कार्यक्रमबाट सानो भन्दा सानो तहको पूर्व प्रहरी कर्मचारीहरुलाई प्रोत्साहित गरी आर्थिक सम्मुन्नत बनाउने कुरा राख्नु भयो ।
कार्यक्रममा हस्ताक्षर गर्नु पुर्वनै नेपाल पूर्व प्रहरी संगठन तथा माछापुच्छ्रे बैंक लिमिटेडले बिर्तामोड, काठमाडौं, चितवन तथा दाङ्गमा सरल कर्जा संबन्धि बैंकिङ्ग साक्षरता कार्यक्रम संचालन गरिसकेकोमा बैंकले आगामी दिनमा देशका अन्य क्षेत्र तथा जिल्लाहरुमा समेत क्रमश संचालन गर्ने प्रतिबद्घता जनाएको छ ।
बंैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ३९ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १२६ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पूर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर १०७ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्