सानिमा बैंक लिमिटेडको १४ औं साधारण सभा सम्पन्न

काठमाडौं, २७ मंसिर । सानिमा बैंक लिमिटेडको १४औ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ ।
बैंकका अध्यक्ष बिनयकुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार चुक्ता पूँजीको १४ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै, सर्वसाधारण समूह (समूह “ख”) बाट संचालक समितिमा प्रतिनिधित्व गर्ने २ (दुई) जना संचालकमा भरत कुमार पोखरेल र महेश घिमिरेलाई निर्बिरोध निर्वाचित गरेको छ ।

आर्थिक वर्ष २०७४/७५ मा खुद नाफा रु १.७० अरव मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति रु ९१.८२ अर्ब, कुल निक्षेप रु ७९.१८ अर्ब, तथा कर्जा सापटी खुद रु ६९.२४ अर्ब रहेको छ । आर्थिक वर्ष २०७३/७४ को तुलनामा नाफा, निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश २३.२७, ३५.९९, ३४.०८, र ३२.१५ प्रतिशतले बृद्धि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्