प्रधानन्यायाधिशमा चोलेन्द्र शमशेरको नाम सिफारिस, को हुन उनी ?

काठमाडौं, २७ मंसिर । विहिबार बसेको न्यायापरिषद बैठकले सर्वोच्च अदालतको २९ औं प्रधानन्यायाधिशमा न्यायाधिश चोलेन्द्रशमशेर जबराको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।
वरिष्ठताको आधारमा प्रधानन्यायाधिशका लागि सिफारिस भएका सर्वोच्चका स्थायी न्यायाधिशहरू जबरा र दीपकराज जोशी मध्ये चोलेन्द्रशमशेर जबरालाई प्रधानन्यायाधिश बनाउने निर्णय भएको परिषद्ले जनाएको छ ।
दीपकराज जोशीको नाम यस अघि नै प्रधानन्याधिशमा सिफारिस भएको थियो तर संसदिय सुनुवाई समितिले उनलाई अस्वीकृत गरेपछि जबरा प्रधानन्यायाधिशका एक्लो दाबेदारका रूपमा रहेको छन् ।
को हुन चोलेन्द्र समशेर जबरा राणा ?
परिवारका सदस्य चोलेन्द्र समशेर जबरा राणा प्रधानमन्त्री वीरसमशेरका चौथो पुस्ताका सन्तान हुन् । उनी वीर समशेरका पनाति हुन् ।
जंगबहादुर राणा मरेपछि उनका भाइ रणोद्दीप सिंह केही समय श्री ३ महाराज प्रधानमन्त्री भए । तर, धीर समशेरका १७ भाइ छोराको धैर्य टुटेपछि उनीहरुले काका रणोद्दीपको हत्या गरी शासनसत्ता कब्जा गरेका थिए । त्यसपछि जेठा वीर समशेर प्रधानमन्त्री तथा श्री ३ महाराजा भए ।
उनै वीर शमसेरका छोरा इन्द्र समशेरका नाति हुन्– चोलेन्द्र शमसेर जबरा । चोलेन्द्रका पिता युवराज शमसेर राजसभा स्थायी समितिका सदस्य थिए । तर, चोेलेन्द्र राजनीतिमा लागेनन् ।
वकालत गर्दागर्दै चोलेन्द्र ०५३ बैशाख १ गते तत्कालीन पुनरावेदन अदालतको अस्थायी न्यायाधीश नियुक्त भएका थिए । लामो समय अस्थायी न्यायाधीश भएका उनी स्थायी न्यायाधीश बनेपछि विशेष अदालतको सदस्य पनि भए ।
पुनरावेदन अदालत बुटवलको कामु मुख्य न्यायाधीश भइरहेकै बेला उनी ०७१ मा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका हुन् । उनी सन् १९९६ देखि पुनरावेदन अदालत हुँदै न्यायालयमा प्रवेश गरेका हुन् ।
सुकेधारा गणेशगौरी मार्गका स्थायी बासिन्दा राणाले कानूनमा स्नातक (डीएल) सम्म अध्ययन गरेका छन् । उनले सन् २०१३ मा कोरियामा न्यायालयको विकास सम्बन्धी ट्रेनिङसमेत लिएका छन् ।
संवैधानिक परिषदबाट प्रधानन्यायाधीशमा सिफारिस भएका चोलेन्द्र ०७१ जेठमा सर्बोच्च अदालतको स्थायी न्यायाधीश बनेका हुन् । त्यसबेला संसदीय सुनुवाई समितिमा तत्कालीन एमाले र माओवादीले राणाको विपक्षमा मत दिएका थिए । तर, अहिले उनी नेकपाकै साथ पाएर सिफारिसमा परेका छन् ।
यो पनि पढ्नुहोस
चोलेन्द्र शमशेर स् नेकपाका लागि बाध्यात्मक प्रधानन्यायाधीश ?
यदि दीपकराज जोशी प्रधान न्यायाधीश हुन पाएका भए राणाको कार्यकाल तीन वर्षको मात्र हुने थियो । तर, जोशी संसदीय सुनुवाइबाट यसअघि नै अस्वीकृत भएर ओमप्रकाश मिश्र करीव चार महिना प्रधानन्यायाधीश हुने अवसर पाएकाले राणालाई थप एक वर्ष न्यायपालिकाको नेतृत्व गर्ने अवसर प्राप्त भएको हो ।
पछिल्लो समय सर्बोच्च अदालतमा बेञ्च सपिङ र स्थायी इजलासको अभ्यास भएको चर्चा चलिरहेको सन्दर्भमा राणाले आफ्नो चार वर्षे कार्यकालमा न्यायपालिकाको बिग्रको छवि सुधार्ने चुनौति विरासतमा पाएका छन् ।
विगतमा कतिपय आदेश र फैसलाका कारण राणा आफैं पनि विवादमुक्त छैनन् । अब उनको असली परीक्षण शुरु हुनेछ । पछिल्लो समय सुशीला कार्कीको महाअभियोग प्रकरणका बेला भावुक भएर निर्णय सुनाएका कारण चर्चा पाएका चोलेन्द्रले अब विगतको धमिलिएको छवि सुधार गर्न पनि उत्तिकै चुनौतीको चाङ्ग ट । त्यसलाई समयले बताउला ।
प्रतिक्रिया दिनुहोस्