चिलिमेले दिने भयो २५ प्रतिशत लाभांश, बोनस कति ?

जागरण न्युज
काठमाडौं २६ मंसिर । चिलिमे जलविद्युत कम्पनीले अघिल्लो बर्षको मुनाफाबाट २५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बिहान बसेको सञ्चालक समिति बैठकले २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण हुनेछ ।
हाल कम्पनीको सेयर पुँजी ३ अर्ब ९६ करोड ५१ लाख १३ हजार रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले २६ करोड ७८ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

प्रतिक्रिया दिनुहोस्