काठमाडौं , मंसिर २६ । माछापुच्छ्रे बैंक, युकेएड सक्षम र हेफर इन्टरनेसनलबीच सम्झौता
भएको छ ।
सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, युकेएड सक्षमका टिम लिडर निर्मल दाहाल र हेफर इन्टरनेसनल नेपालका राष्ट्रिय निर्देशक डा. शुभनारायण महतोेले हस्ताक्षर गरेका थिए ।
माछापुच्छ्रे बैंक लिमिटेड, युकेएड सक्षम र हेफर इन्टरनेसनल नेपालको एक औपचारिक कार्यक्रमबीच संयुक्त सहकार्यमा ग्रामीण क्षेत्रमा रहेका महिला उद्यमी तथा कृषकलाई आफ्नो जीवनस्तरमा आर्थिक सुधारका लागि सरलीकृत लघुकर्जा दिनेसम्बन्धी सम्झौता भएको हो ।
कार्यक्रममा कुल ४ हजार ३ सय कृषक एवं महिला उद्यमीलाई ऋण प्रवाह गर्ने, ३ हजारजनाको खाता खोल्ने, देशभरका विभिन्न क्षेत्रमा वित्तीय साक्षरता प्रदान गर्ने, शाखारहित सेवा केन्द्रको विस्तार गर्ने तथा नेपालमै पहिलोपटक किसान क्रेडिट कार्ड जारी गर्ने उद्देश्य रहेको बैंकका प्रमुख कार्यकारी शर्मा भनाइ थियो ।
शर्माले यस सहकार्यबाट देशभरका १४ वटा जिल्लाका महिला उद्यमी, कृषक तथा साना उद्यमीलाई विनाधितो सरलीकृत कर्जा प्रदान गरिने बताए ।
हेफर इन्टरनेसनल नेपाल साना किसानको दिगो विकासमा भूमिका खेल्ने अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्था रहेको जनाइएको छ ।
सक्षम युकेएडको वित्तीय सहयोग प्राप्त एक्सेस टु फाइनान्स कार्यक्रम हो । यसलाई नेपालमा डिफिड नेपालका लागि लुइस बर्जरले विभिन्न स्थानीय तथा अन्तर्रा्ष्ट्रिय संस्थासँगको साझेदारीमा कार्यान्वयन गर्दै आएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्