गण्डकी विकास बैंकको शाखा अब विरेन्द्रनगरमा पनि

काठमाडौं, मंसिर २६ । गण्डकी विकास बैंकले सुर्खेतको विरेन्द्रनगरमा आफ्नो शाखा विस्तार गरेको छ ।
शाखाको उद्घाटन गर्दै विरेन्द्रनगर नगरपालिकाका मेयर देव कुमार सुवेदीले गण्डकी विकास बैंकले शाखा सञ्चालन गरेकोमा खुसी व्यक्त गर्दै आफ्नो तथा नगरपालिकाको तर्फबाट सुर्खेतमा बैंकलाई पूर्ण सहयोग उपलब्ध गराउनुको साथै बैंकको उत्तरोत्तर प्रगतिको कामना गरे ।
बैंकले आर्थिक वर्ष २०७५र७६ को प्रथम त्रैमासमा संचालन मुनाफा रु। १५ करोड ३० लाख आर्जन गर्न सफल भएको थियो भने सोही अवधीसम्म निक्षेप रु। २३ अर्ब ७२ करोड र कर्जा तर्फ रु।२१ अर्ब २४ करोड पुर्याएको छ ।
बैंकले केन्द्रीय कार्यालयका साथै देशका विभिन्न ठाउँहरुमा गरी ७७ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजनाको साथमा एविविएस, एटिएम, सि एसवि, आइपिएस, मोवाईल बैकिङ्ग सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिने बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्