नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको शेयर लिलामीमा
काडमाडौं । नेपाल कम्युनिटी डेभलपमेन्ट बैंककोमिति २०७४/०६/२६ देखी २०७४/०७/२९ सम्म २६ लाख ४३ हजार ५३८.८० कित्ता बिक्री हकप्रद शेयर बिक्री खुला गरिएको थियो । डेभलपमेन्ट बैंकको बाँकी रहेको शेयर शिलबन्दी मार्फत बिक्री गर्ने भएको छ । संस्थापक शेयर ५ लाख ३० हजार २ सय ४३ दशमलव १६ कित्ता र सर्बसाधारणको लागि ६७ हजार १ सय ६ दशमलव ६४ कित्ता शेयर शिलबन्दी बोलपत्र मार्फत बिक्री गर्न लागेको हो । लिलामीको लागि २०७४ पौष ७ देखी पौष १६ सम्म आवेदक दिन सकिन्छ । लगानीकर्ताले प्रतिकित्ता न्युनतम १०० रुपैयाँ देखि बोलकबोल गर्न सक्ने छन् ।
बैंकका कुनै पनि शाखाहरुबाट आवेदन दिन सकिने छ । संगै , नेपाल इन्भेष्टमेन्ट बैंकको चिप्लेढुंगा पोखरा, विराटनगर, वीरगञ्ज, नेपालगञ्ज, नारायणगढ तथा धनगढी शाखाबाट फारम भर्न सकिने छ ।
प्रतिक्रिया दिनुहोस्