सहयोगी विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । सहयोगी विकास बैंकको २४.५० प्रतिशत लाभांश सुुरक्षित गर्ने बुधबार अन्तिम दिन हो । बैंकको पुस १५ मा हुने साधारण सभामा २० प्रतिशत बोनस सेयर र ४.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्दैछ । त्यसका लागि बिहीबार देखि सभा हुने दिनसम्म बुक क्लोज गरिनेछ । बैंकले साधारण सभामा हाल कायम चुक्ता पुँजी ४२ करोड ४७ लाख २३ हजार ५०० रुपैयाँको २० प्रतिशतका दरले हुने ८ करोड ४९ लाख ४४ हजार ७०० रुपैयाँ बराबरको बोनस सेयर दिन लागेको हो । बोनसपछि बैंकको चुक्ता पुँजी ५० करोड ९६ लाख ६८ हजार २०० रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्