समानुपातिकतर्फ एमालेको अग्रता निरन्तर

 

काठमाडौं । प्रतिनिधि सभाको समानुपातिकतर्फको मतगणनामा एमालेले अग्रता कायमै राखेको छ । पछिल्लो परिणाम अनुसार दोस्रो स्थानमा रहेको कांग्रेस भन्दा एमालेले झण्डै एक लाख मत बढी पाएको छ । त्यसैगरी प्रदेशसभाको समानुपातिकतर्फ पनि एमालेले पाँच प्रदेशमा अग्रता लिएको छ ।

एमालेले १९ लाख ६९ हजार ९ सय ३२ मत पाएको छ भने नेपाली कंग्रेसले १८ लाख ८० हजार ७ सय २९ मत पाएको छ । तेस्रो स्थानमा रहेको माओवादीले ७ लाख ६१ हजार ६ सय ६९ मत पाएको छ भने चौथों स्थानमा रहेको संघीय समाजवादीले २ लाख ४५ हजार ५ सय ८ मत पाएको छ । राजपा नेपालले १ लाख ८२ हजार ९ सय २० मत पाएर पाँचौं स्थान बनाएको छ भने राप्रपाले १ लाख ३१ हजार ८ सय २३ मत मत पाएर छैटौं स्थान बनाएको छ ।

यस्तै विवेकशील साझा पार्टीले १ लाख २२ हजार ४ सय १८, नयाँशक्तिले ५६ हजार २ सय ६०, राप्रपा प्रजातान्त्रिकले ४३ हजार ८ सय ५६, राष्ट्रिय जनमोर्चाले ३४ हजार ९ सय ६३ मत पाउँदा अन्य दलले १ लाख ९१ हजार २ सय १५ मत पाएका छन् । प्रदेशसभातर्फ प्रदेश नं. १, ३, ४, ५ र ६ मा एमालेले अग्रता लिएको छ भने प्रदेश नं. २ र ७ मा कांग्रेस अगाडि छ ।

प्रतिक्रिया दिनुहोस्