कठमाडौं, २५ मंसिर । सिभिल बैंक लिमिटेडले जीवन बीमा सेवालाई विस्तार गर्ने उद्देश्यले सूर्या लाईफ इन्स्योरेन्ससंग सम्झौता गरेको छ ।
उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र सूर्या लाईफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरेका छन् ।
अब सूर्या लाईफ इन्स्योरेन्सका जीवन बीमा सेवालाई विना झन्झट सिभिल बैंकका देशभर छरिएका ७० शाखाहरु मार्पmत उपलब्ध गरी ग्राहक बर्गलाई प्रत्यक्ष रुपमा लाभान्वित हुने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए । .
सिभिल बैंकले यस अघि पनि जीवन बीमाकम्पनिहरु मेटलाइफ, एल.आई.सी. नेपाल, रिलायबल नेपाल लाईफ इन्स्योरेन्स र यूनियन लाईफ इन्स्योरेन्स तथा अन्य थुप्रै निर्जीवन बीमा कम्पनिहरुसंग सम्झौता गरी जीवन बीमा तथा निर्जीवन बीमा सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्