काठमाडौं, २५ मंसिर । जोशी हाइड्रोपावर कम्पनीको अइपीओ बाँडफाँट भएको छ । यस आइपीओमा रितपूर्वक आवेदन दिने ८३ हजार ७३६ जना आवेदक सबैलाई न्यूनतम १० कित्ता बाँडफाँट गरिएको छ । यसरी न्यूनतम १० कित्ता बाँडफाँट गरिसकेपछि बाँकी रहेको ७ लाख ६१ हजार २२० कित्ता सेयर फेरि तिनै आवेदकलाई गोलाप्रथामा सहभागी गराई बाँडफाँट भएको छ । आवेदक मध्येबाटै गोलाप्रथा गरी ७६ हजार १२२ जनालाई १० कित्ता सेयर थप बाँडफाँट गरिएको हो ।
यसरी कुल ७ हजार ६१४ जना आवेदकले १० कित्ताका दरले र ७६ हजार १२२ जना आवेदकले २० कित्ताका दरले सेयर पाएका छन् । यो आइपीओमा ३४ जनाको आवेदन रद्द भएको छ । कुल १० हजार ६३० कित्ताका लागि परेको आवेदन रद्द भएको हो ।
जोशी हाइड्रोपावरले मंसिर १६ गते देखि १६ लाख ९० हजार ४७० कित्ता आइपीओ बिक्री गरेको हो । कम्पनीले ५० हजार ७१४ कित्ता ९३५० कर्मचारी र ८४ हजार ५२३ कित्ता ९५५० कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको थियो । यसबाट बाँकी रहेको १५ लाख ५५ हजार २३३ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री गरेको हो ।
कम्पनीले स्थानीय बासिन्दाले नकिनेको २ लाख ४२ हजार १० कित्ता सेयरसमेत थपेर सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको हो । यसमा सिद्धार्थ क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । कम्पनीले इलाम जिल्लामा अपर पुवा–१ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।
आयोजनाको विकास तथा आयोजना निर्माण गर्दा लिएको ऋण तिर्न पुँजी संकलन गर्नु नै आइपीओ निष्कासनको मुख्य उद्देश्य रहेको कम्पनीले जनाएको छ । यस आयोजनाको कुल लागत ५५ करोड ३५ लाख रुपैयाँ रहेको छ । प्रतिमेगावाट लागत १८ करोड ४५ लाख रुपैयाँ हुन आउँछ ।
यता, कम्पनीले आव २०७६।७७ मा १ करोड ८९ लाख र आव २०७७।७८ मा २ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ । यस्तै, प्रतिसेयर आम्दानी आव २०७६।७७ मा ५ रुपैयाँ १२ पैसा र आव २०७७।७८ मा ६ रुपैयाँ ४ पैसा पुग्ने प्रक्षेपण छ ।
प्रतिक्रिया दिनुहोस्