सिभिल बैंक लिमिटेडको प्रधान कार्यालय सिटिसी मलमा
काठमाडौं । सिभिल बैंक लिमिटेडको प्रधान कार्यालय सिटिसी मलमा सर्र्ने भएको छ । कमलादीमा प्रधान कार्यालय रहेको बैंक यहि मंसिर २६ गतेदेखि सिटिसी मलमा सर्न लागेको हो ।
लामो समयको विवादपछि नेपाल राष्ट्र बैंकले सर्तसहित सिभिललाई सिटिसीमा सर्ने अनुमति दिएको हो ।
यसैबिच, सिभिल बैंकको साधारण सभा अझै अनिश्चित रहेको छ । बैंकले आर्थिक बर्ष २०७३र७४ को साधारण सभा गर्न अझै नसकेको हो ।
२०७४ मा वित्तिय विवरण स्वीकृत भएपनि सञ्चालक समितिको चयन सर्वसम्मतिले गर्ने प्रयासका कारण साधारण सभा अनिश्चत बन्दै आएको हो ।
सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङले सञ्चालक समितिको चयन सहमतिले गर्ने प्रयास गरिरहेको र छmफलको प्रक्रियमा रहेको बताए । उनले प्रमुख कार्यकारी अधिकृतको स्वास्थ्यमा केहि समस्या आउँदा पनि साधारण सभामा ढिलाई भएको जानकारी दिए ।















प्रतिक्रिया दिनुहोस्