सुनसरी ३ मा विजयकुमार गच्छदार विजयी, गच्छदारको छैटौं जित
काठमाडौं । प्रतिनिधिसभा प्रत्यक्षतर्फ सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदार विजयी भएका छन् ।
गच्छदारले एमालेकी भगवती चौधरीलाई झिनो मतले पछाडी पार्दै बाजी मारेका हुन् । गच्छदारले ३८ हजार ९ सय ७२ मत प्राप्त गरे । उनक निकटतम प्रतिद्धन्द्धी चौधरीले ३८ हजार ६ सय ५१ मत प्राप्त गरिन् ।
गच्छदार २०४८ साल यता ६ वटै निर्वाचनमा विजयी हासिल गर्दै आएका छन् । नेपाली नेताहरुमा ६ वटै निर्वचन जित्ने उनी दोस्रा नेता हुन् ।
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पनि ०४८ साल यताका सबै निर्वाचनमा जित हासिल गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्