इन्भेष्टमेन्ट बैंकले घोषणा गर्यो बम्पर लाभाँश, बोनस कति ?

जागरण न्युज
काठमाडौं, २४ मंसिर । नेपाल इन्भेष्टमेन्ट बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले ४० प्रतिशत लाभांश दिने भएको छ । बैठकले १८ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद गरी कुल ४० प्रतिशत लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण हुनेछ ।
प्रस्तावित बोनसपछि बैंकको चुक्ता पुँजी १२ अर्ब ५६ करोड १८ लाख ६ हजार ८२० रुपैयाँ पुग्नेछ ।
इन्भेष्टमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ५ करोड ४६ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको छ । रिजर्भ कोषमा अहिले १५ अर्ब ६४ करोड १६ लाख ६० हजार रुपैयाँ जम्मा भएको छ ।

नेपाल इन्भेष्टमेन्टले विगतमा दिएको लाभांश

 

प्रतिक्रिया दिनुहोस्