चितवनमा इँटाको चाङ्ग भत्किँदा एकको मृत्यु, आठ घाइते

काठमाडौं। चितवनमा इँटाभट्टामा इँटा बनाउने क्रममा चाङ्ग भत्किएर एकजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् ।

चितवनको कालिका नगरपालिका–६ मिलिजुली चोकमा इँटा बनाउने क्रममा चाङ्ग भत्किएर रोल्पा घर भएकी ४० वर्षीया संगीता डाँगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिएका छन् ।

डाँगीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो । घाइते भएका अन्य आठजना सामान्य उपचारपछि घर फर्किएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्