कालीकोटमा समानुपातिकमा माओवादी केन्द्र अगाडि

 काठमाडौं । पहिलो चरणमा भएको निर्वाचनमा प्रतिनिधिसभा तथा प्रदेशसभाको. समानुपातिक तर्फको मतगणनाअनुसार कालीकोटमा नेकपा (माओवादी केन्द्र)ले सबैभन्दा बढी मत प्राप्त गरेको छ । 

नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभामा ११ हजार ४८० मत ल्याएको छ भने नेकपा (एमाले)ले १० हजार ९७८, नेपाली काँग्रेसले छ हजार ५०३, राप्रपा दुई हजार ८५१ र राप्रपा (प्रजातान्त्रिक) एक हजार ६४० मत ल्याएको मुख्य निर्वाचन अधिकृत कृष्णमुरारी सिवाकोटीले बताए ।

उहाँले प्रदेशसभा (क)मा नेकपा (माओवादी केन्द्र)को चार हजार ७९७, एमाले चार हजार ६०० र नेपाली काँग्रेसलाई एक हजार ५६० मत प्राप्त भएको बताए ।

त्यसैगरी, प्रदेशसभा क्षेत्र (ख)मा माओवादी केन्द्रले छ हजार १८, एमाले पाँच हजार ४३९ र काँग्रेसले चार हजार ५७० मत प्राप्त गरेका छन् । कालीकोटमा समानुपातिकतर्फ ४२ हजार ७४० मत खसेको थियो ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ माओवादी केन्द्रका दुर्गबहादुर रावत, प्रदेशसभा (क)मा एमालेका कुर्मराज शाही र प्रदेशसभा (ख)मा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही विजयी हुनु भएका थिए .
–––

प्रतिक्रिया दिनुहोस्