सुनसरी ३ ख मा कांग्रेसका अगमलाल चौधरी विजयी

काठमाडौं । सुनसरी ३ मा प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना अन्तिम चरणमा पुगेको छ ।

बुधबार विहान प्राप्त पछिल्लो परिणाम अनुसार सुनसरी ३ को  ख प्रदेश सभातर्फ नेपाली कांग्रेसका अगमलाल चौधरी २१४२९ मतले विजयी
भएका छन् ।

उनका निकटतम प्रतिद्वन्दी एमालेका रामदेव यादवले १७५६८ मत प्राप्त गरे । उनीहरुहरुबी ३८६१ मतान्तर रहेको छ ।

अगमलाल चौधरी विजयकुमार गच्छदारका राजनीतिक गुरु समेत मानिन्छन् । चौधरी कांग्रेसका पुराना नेता हुन् ।

प्रतिक्रिया दिनुहोस्