स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रमेशराज पोखरेल
काठमाडौं, २२ मंसिर । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रमेशराज पोखरेल नियुक्त भएका छन् । गत सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले बोर्डको कार्यकारी निर्देशकमा पोखरेललाई नियुक्त गरिएको हो ।
उनलाई खुला प्रतिस्पर्धाबाट चार वर्षको लागि कार्यकारी निर्देशकको रुपमाल नियुक्ति गरिएको हो । निर्देशकको नाम सिफारिस गर्न गठित समितिले पोखरेलसहित दामोदर बसौला र श्रीमान कार्कीको नाम सिफारिस गरेको थियो ।
स्वास्थ्य बीमा ऐन २०७४ अनुसार कार्यकारी निर्देशकका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, कानून, चिकित्सा शास्त्र, जनस्वास्थ्य वा स्वास्थ्य अर्थशास्त्र सम्बन्धी बिषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तमिा दश बर्षको अनुभव पाप्त गरेको र ६५ बर्ष ननाघेको हुनुपर्ने व्यवस्था छ । त्यसलाई आधार बनाई बोर्डको कार्यकारी निर्देशकमा उनलाई ल्याएको हो । पोखरेल नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् ।
प्रतिक्रिया दिनुहोस्