काठमाडौं , मंसिर २२।उर्जा,जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ र प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतबीच भेटवार्ता भएको छ । जनकपुरस्थित मुख्यमन्त्री रावतको निवासमा भएको भेटवार्तामा कर्मचारी व्यवस्थापन र उर्जा,जलस्रोत सिंचाइ मन्त्रालय मातहतको आयोजनाको विषयमा छलफल भएको थियो ।
त्यसका साथै भेटमा मुख्यमन्त्री राउतले भारतीय जनता पार्टीका नेतासमेत रहेका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ विवाहपञ्चमीको अवसरमा जनकपुर आउन लागेको विषयमा जानकारी गराएका थिए। उनले त्यसका लागि प्रदेश सरकारले भ्रमणको सम्पूर्ण तयारी गरिसकेको बताए ।भेटमा दुई नम्बर प्रदेशमा सञ्चालित उर्जा र सिंचाइका आयोजनाहरुको बारेमा छलफल भएको थियो ।
मुख्यमन्त्री राउतले प्रदेशअन्र्तगतका कार्यक्रमहरुको विषयमा जानकारी गराउनुका सांथै केन्द्र सरकारले अघि बढाइरहेको सुनकोशी कमला डाइभर्सनले सप्तरी,सिराहालगायतका जिल्लाहरु सिंचाइबाट लाभान्वित हुने बताए।
जवाफमा उर्जामन्त्री पुनले सुनकोशी कमला डाइभर्सन मन्त्रालयको उच्च प्राथमिकतामा रहेको भन्दै यसले दुई नम्बर प्रदेशको विकासमा ठूलो योगदान पुर्याउने दावीगर्े ।
प्रतिक्रिया दिनुहोस्