आइएमई मोटर्स (अशोक लेलैण्ड)को नयाँ शाखा पोखरामा

काठमाडौं, मंसिर, २१ । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि.द्वारा प्रवद्र्धित अशोक लेलैण्ड गाडीको नयाँ शाखा स्वागत नगर चाउथे, १४–पोखरामा स्थापना गरिएको छ । यो सुविधा सम्पन्न सेटअप भएको र यहाँबाट अशोक लेलैण्ड गाडीहरुका लागि सेल्स, सर्भिसर स्पेयर्स पार्टसहरु उपलब्ध हुने जानकारी गराईएको छ ।
उक्त थ्रि—एस (सेल्स,सर्भिस र स्पेयर्स)सेटअपको समुद्घाटन आइएमई ग्रुपका प्रबन्ध निर्देशक श्रीहेमराज ढकाल तथा पोखरा उधोग वाणिज्य संघका अध्यक्ष श्री दामु अधिकारीज्यूले संयुक्त रुपमा गर्नुभयो । उद्घाटनकाक्रममा प्रबन्ध निर्देशक ढकालले भन्नुभयो–“अशोक लेलैण्डमा गरेको लगानीले भविष्यमा राम्रो प्रतिफल दिने र एउटा भरपर्दो ब्राण्ड भएकोले यसमा लगानी गरेको जानकारी दिनुभयो । उहाँले अब पश्चिमक्षेत्रका ग्राहकहरुले ढुक्क भएर अशोक लेलैण्ड गाडीहरुमा लगानीगर्न अनुरोध गर्दै बिक्री पछिको सेवाको लागि जस्तो सुकै परिस्थितिमा पनि ग्राहकको साथमा रहने प्रतिबद्घता ब्यक्त गर्नुभयो । नेपालका लागिअशोक लेलैण्ड गाडीको एकमात्र अधिकृत बिक्रेता आइएमइ मोटर्सले गण्डकी प्रदेशको केन्द्रमा अवस्थित शाखाको विस्तारले ग्राहकहरुलाई थ्रि—एस(सेल्स,सर्भिस र स्पेयर्स)साथ सम्पूर्ण सेवाहरुको पूर्ण सुविधा प्रदानगर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
सोही समारोहकावीच आइएमई मोटर्सका निर्देशक श्रीसन्दिपअग्रवालले आफनो स्वागत मन्तब्य व्यक्तगर्नु भएका थियो । उक्त कार्यक्रममा आइएमई मोटर्सका का.मु. प्रमुखकार्यकारी अधिकृत सुरज भट्टराई, पोखरा शाखा प्रबन्धक, खेमवहादुर क्षेत्री लगायतले अशोक लेलैण्ड– भारतका ख्ष्अभ एचभकष्मभलत( क्ष्लतभचलबतष्यलब िइउभचबतष्यल , आइएमई ग्रुपका तर्फबाट उच्चपदस्थ अधिकारीहरुको सहभागिता रहेको थियो ।
का.मु. प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले आइएमई समुहले आफनो लगानीलाई बिविधिकरण गर्ने शिलशिलामा अटोमोबाइल क्षेत्रमा पनि लगानी गरेको र छोटो समयमा आइएमइ मोटर्सले प्रवद्र्धन गरेको अशोक लेलैण्ड ब्राण्डका गाडीहरु नेपालमा लोकप्रिय हुन
सकेको भन्दै आइएमई.मोटर्सले बिक्रीपछिको सेवालाई बिशेष ध्यान दिएकोले नेपालको पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म सर्भिस सेन्टरहरु खोली दक्ष मेनपावर, स्पेयरपार्टस्को उपलब्धता गराउँदै लगेको जानकारी गराउनु भयो । वहाँले अशोक लेलैण्ड गाडीहरु बिक्री गर्न र बिक्री पछिको सेवा प्रदान गर्न आइएमई मोटर्सले टेक्नीकल सहयोग गरिरहेको तथा आइएमई. मोटर्सका कर्मचारीहरु पनि यस सेटअपमानै बसेर ग्राहकहरु लाई सेवा दिई रहने जानकारी दिनुभयो ।
सोही कार्यक्रममा अशोक लेलैण्ड भारतका ख्ष्अभ एचभकष्मभलत– क्ष्लतभचलबतष्यलब िइउभचबतष्यलक रभि पङ्गाले अशोक लेलैण्ड हिन्दुजा समूह अन्तर्गतको ७०बर्ष पुरानो भारतको दोश्रो ठूलो कमर्शीयल गाडी निर्माता कम्पनी भएको र बिगतमा भएका कमि क जोरीहरु लाई सुधार गर्दै आइएमई मोटर्ससँगको सहकार्यमा नेपालमा अशोक लेलैण्डको बजार बिस्तार गर्ने उद्देश्य रहेकोजानकारी गराउनुभयो।”
अशोक लेलैण्डले १ टनदेखि ४९ टन सम्मका सामान बोक्नेगाडीहरु, १६ सिटदेखि ७० सिटक्षमताका बसहरु तथा ४ क्युविक मिटरदेखि २२ क्युविक मिटर क्षमताका ट्रिप्पर, ट्रकहरुर बिभिन्न स्पेशल प्रयोजनका गाडीहरु (दमकल, आरएमसी, रिकभरी भेहिकल,पेट्रोल टयाङ्कर, डिफेन्स भेहिकल,ग्यासबुलेट आदि)उत्पादनगर्ने र ती गाडीहरु नेपालमा आयात गरि बिक्री गर्ने र बिक्रीपछि को सेवा दिने कार्य आइएमई मोटर्सले गरिरहेको जानकारी पनि वहाँले दिनुभयो ।
रेमिटेन्स व्यवसायबाट उदाएको आइएमई ग्रुप सन् २००१ म स्थापना भएको हो । बैंकिङ्ग, इन्स्योरेन्स, अटो मोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सूचनाप्रविधि, उर्जालगायतको विभिन्न क्षेत्रमा लगानी विस्तारगर्दै नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने कार्यमा आइएमई ग्रुप निरन्तर लाग्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्