कामना सेवा विकास बैंक र यूनियन लाईफ इन्स्योरेन्सबीच बैंकान्स्योरेन्स सम्झौता

कठमाडौं, २० मंसिर । काठमाडौं, ३० ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको कामना सेवा विकास बैंक लिमिटेड र यूनियन लाईफ इन्स्योरेन्स कम्पनीबीच बैंकान्स्योरेन्स सम्झौता भएको छ ।
बैंकको केन्द्रीय कार्यालयमा बिहिबार कामना सेवा बिकास बैंकको तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र यूनियनलाईफ ईन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले सम्झौतमा पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता पत्रमा हस्तारक्षर गर्दै कामना सेवा विकास बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेतले यस सम्झौतासंगै बैंकको व्यावसाय प्रवद्र्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु समेत लाभाविन्त हुने बताउनु भयो ।
यस सम्झौता पश्चात कामना सेवा विकास बैंकका सम्पूर्ण ग्राहकहरुले बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट यूनियनलाईफ ईन्स्योरेन्सको बीमालेख खरिद गर्न सक्ने बैंकले जानकारी दिएको छ ।
हाल यस बैंकको ६० वटा शाखा कार्यालय तथा १७ वटा एटिएम मेसिनबाट आफ्नो बैंकिङ्ग सेवा दिंदै आएको छ । साथै आगामी दिनमा थप २५ वटा शाखा समेत सञ्चालनको तयारीमा रहेको बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्