जागरण न्युज
काठमाडौं, २० मंसिर । कालिका लघुवित्त वित्तीय संस्थाको बुधबार बसेको कम्पनीको बैठकले गत आर्थिक वर्षको नाफाबाट ८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । उक्त बोनस प्रस्ताव स्वीकृतिका लागि राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गर्ने निर्णय गरेको हो । यस्तै, बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ ०.४२ प्रतिशत नगद लाभांश पनि दिइने कालिकाले जनाएको छ ।
कालिको हाल चुक्ता पुँजी १० करोड रुपैयाँ छ । प्रस्तावित बोनस वितरणपछि कालिकाको चुक्ता पुँजी १० करोड ८० लाख रुपैयाँ पुग्नेछ । यस लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १२ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
प्रतिक्रिया दिनुहोस्