चौतारी लघुवित्तको आइपीओ आजबाट खुल्ला, कति कित्ता सम्म गर्न पाईन्छ अवेदन ?

जागरण न्युज
काठमाडौं, १९ मंसिर । चौतारी लघुवित्त वित्तीय संस्थाको बुधबार (मंसिर १९ गते) देखि आइपीओ बिक्रीमा आएको छ । लघुवित्तले कुल ६ लाख कित्तामध्ये ९ हजार ३०० कित्ता (०.५०%) सेयर कर्मचारी र ३० हजार कित्ता (५%) सेयर म्युचुअल फन्डलाई छुट्याएर बाँकी ५ लाख ६० हजार ७०० कित्ता सेयर सर्वसाधारणलाई बिक्री गर्न खुला गरेको हो ।
लघुवित्तको यो आइपीओमा मंसिर २३ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा सबै सेयर नबिकेमा भने पुस १९ गतेसम्म भर्न सकिनेछ । यस आइपीओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ३ हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था छ ।

लगानीकर्ताले सी–आस्वाको माध्यमबाट सेयर भर्न सक्नेछन । यस आइपीओमा एनआइबीएल एस क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले चौतारीको आइपीओलाई ‘ग्रेड ४’ रेटिङ दिएको छ ।
कम्पनीले चालु आर्थिक वर्षमा ३ करोड ७३ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ । आव २०७६।७७ मा ४ करोड ६८ लाख र आव २०७७।७८ मा ५ करोड ७९ रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण छ ।

चौतारी लघुवित्तले लुम्बिनी अञ्चलका ६ र राप्ती अञ्चलका ४ वटा जिल्लालाई कार्यक्षेत्र बनाएको छ । यसको केन्द्रीय कार्यालय बुटवलमा छ ।

प्रतिक्रिया दिनुहोस्