सुनसरी ३ मा चौधरी भन्दा गच्छदारको अग्रता, गणना अन्तिम चरणमा

काठमाडौं। प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये अब एक स्थानको मात्रै नतिजा आउन बाँकी छ ।

नतिजा आउन बाँकी सुनसरी ३ मा नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारले अग्रता लिएका छन् ।

आज विहानसम्ममा उनले ३६०८० मत प्राप्त गरेका छन् । नेकपा एमालेकी भगवती चौधरीले ३५५६१ मत प्राप्त गरेकी छिन् । अब ६६४३ मत गणना हुन बाँकी रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्