काठमाडौं , मंसिर १८ । नेपाल कम्युष्टि पार्टी (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन बैद्य ‘किरण’ले आफ्नो पार्टीले नयाँ क्रान्तिको थालनी गर्ने बताएका छन् ।
बुटवलमा बसेको पार्टीको केन्द्रीय समिति बैठकपछि आयोजित सम्मेलनमा किरणले यस्तो बताएका हुन् ।
उनले केपी ओली नेतृत्वको सरकारले दलाल पुजीवादी, र नोकरसाही प्रणालीलाई आत्मसाथ गरेको आरोप लगाउँदै आफ्नो पार्टीले नयाँ जनवादी क्रान्तिको धारमा अवको यात्रा अघि बढाउने बताए ।
१० बर्षको जनयुद्ध संसदीय व्यवस्थाको विरुद्धमा भएको बताउँदै अहिले त्यही संसदीय व्यवस्थाको पक्षमा सरकारमा लम्पसार हुनु आफैमा लज्जाको विषय भएको उनको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस्