जागरण न्युज
काठमाडौं, १८ मंसिर । बैंकहरुले लाभाँश घोषणा गर्दै गर्दा ग्लोबल आइएमई बैंकले पनि गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ । मंसिर १८ गते मंगलबार बसेको बैंक सञ्चालक समितिको ३०७ औं बैंठकले आर्थिक वर्ष २०७४/०७५ को नाफाबाट १६ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत तथा बैंकको आगामी साधारण सभाले अनुमोदन गरेपछि शेयरधनीले पाउनेछ ।
बैंकले अघिल्लो वर्ष १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद गरि कूल २० प्रतिशत लाभांश वितरण गरेको थियो ।
ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी ८ अर्ब ८८ करोड ८३ लाख रुपैयाँ छ । १६ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पूँजी १० अर्ब ३१ करोड नाघ्नेछ ।
प्रतिक्रिया दिनुहोस्