काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको नायब सीईओमा विनोद आचार्यलाई नियुक्त गरिएको छ । संस्थाको संचालक समितिको निर्णय बमोजिम संस्थाको नायव प्रमुख कार्यकारी अधिकृतमा आचार्य नियुक्त भएका हुन् ।
विगत लामो समयदेखि लघुवित्त क्षेत्रमा क्रियाशिल रहेका आचार्यले व्यवस्थापन संकायमा एम.पि.ए. तथा एम.वि.ए गरेका छन् ।
यसअघि आचार्य आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थामा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।
आरम्भ माइक्रोफाइनान्सभन्दा अघि उनले राष्ट्रिय स्तरको डिप्रोक्स लघुवित्त तथा नाडेप लघुवित्त वित्तीय संस्थामा महाप्रवन्धकको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
सिभिल बैंकको सहायक कम्पनीको रुपमा रहेको राष्ट्रिय स्तरको यस सिभिल लघुवित्त वित्तीय संस्थाले देशका विभिन्न जिल्लाहरुमा हाल ३१ वटा शाखा कार्यालयहरु मार्फत करिव १८ हजार आठ सयभन्दा बढि ग्राहक सदस्यहरुमा ६४ करोड भन्दा बढी रकम लगानी गरेको छ ।
आगामी दिनमा थप शाखाहरु संचालनमा ल्याई थप घरपरिवारलाई विभिन्न लघुवित्तीय सेवाहरु उपलब्ध गराउने लक्ष्य रहेको छ ।
प्रतिक्रिया दिनुहोस्